विमानस्थल पूर्वाधार बनाउन २० अर्ब ३१ करोड बजेट, कुन विमानस्थललाई कति ?
काठमाडौं । आगामी आवमा सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८र७९को बजेट भाषण गर्दा अर्थमन्त्री विष्णु पौडेलकाले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । यो बजेट अरु विमानस्थलको तुलनामा बढी हो ।
त्यस्तै, त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न, टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड विनियोजन भएको छ ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन भएको छ ।
आगामी आवमा सरकारले आन्तरिक विमानस्थलहरुको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको