निजामती कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि
काठमाडौं । सरकारले निजामती कर्मचारीको तलबमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट भाषण गर्दा अर्थमन्त्री विष्णु पौडेलले २०७८ साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको बताएका छन् ।
यस्तै, सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्च पनि १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।