९ मंसिर २०८१, आईतवार

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखसम्मको दुर्घटना बिमा



 

काठमाडौँ । सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरेको छ । यसका लागि ५० प्रतिशत प्रिमियम रकम सरकारले व्यहोर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९को बजेट भाषण गर्दा अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताएका छन् ।

पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा उपचारको व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !