ल्यापटप किन्न चाहने विद्यार्थीलाई ८० हजार ऋण
काठमाडौं । सरकारले ल्यापटप किन्न चाहने विद्यार्थीलाई ८० हजार ऋण दिने भएको छ । अध्यादेशमार्फत आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ल्यापटप किन्न चाहने विद्यार्थीलाई ८० हजार ऋण दिने घोषणा गरेका हुन् ।
सार्वजनिक संस्थामा उच्च शिक्षा पढ्ने विद्यार्थीले ल्यापटप किन्ने चाहने विद्यार्थीलाई ८० हजार रुपैयाँसम्म एक प्रतिशत ब्याजदरमा ऋण दिइने उल्लेख गरेका छन् । उक्त ऋण दुई वर्षभित्र तिरे हुनेछ । १६ वर्ष भन्दामाथिका विद्यार्थीलाई निःशुल्क सिम कार्ड समेत दिइने छ ।