वृद्धभत्ता ३३ प्रतिशतले बढ्यो, आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण
काठमाडौं । सरकारले वृद्धभत्ता ३३ प्रतिशतले वृद्धि गरेको छ ।
अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्ध भत्ता वृद्धि गरेर मासिक ४ हजार बनाइएको जानकारी दिएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
आज सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको जानकारी दिए।