७ जेष्ठ २०८१, सोमबार

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै, अन्ततः अध्यादेशबाटै पूर्ण आकारको बजेट ल्याइने



 

काठमाडौँ  । बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ ।

आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट आज सार्वजनिक गरिने भएको छ । प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बजेट सार्वजनिक गर्ने छन् । अर्थ मन्त्रालयकाका अनुसार १६ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ  ।

प्रतिनिधिसभा विघटन भएकाले यसपपटक सरकारले ‘नीति तथा कार्यक्रम’ भने ल्याउन सकेन । संविधानअनुसार नयाँ बजेट सार्वजनिक हुनुअघि कम्तीमा १५ दिनअगाडि ‘प्रिबजेट’बारे छलफल हुनुपर्ने थियो । सोही छलफलपछि राष्ट्रपतिले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्ने प्रावधान थियो । तर, सरकारले ‘प्रिबजेट’ छलफलै नगरी पुनः संसद् विघटन भएसँगै अध्यादेशमार्फत नयाँ बजेट ल्याउन लागेको हो ।

त्यसका लागि बजेटका सबै दस्ताबेजलाई शनिबार बिहान मन्त्रिपरिषद् बैठकमा पेस गरिने र मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि बजेट भाषण गर्ने तयारी छ ।

हरेक वर्षको जेठ १५ मा बजेट सार्वजनिक गरिन्छ, तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई चौतर्फी दबाब छ । त्यसलाई बेवास्ता गर्दै सरकारले अध्यादेशबाट भए पनि पूर्ण आकारकै बजेट ल्याउने तयारी गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस !