काँग्रेस (वी.पी.) ले गणतन्त्र दिवसलाई कालो दिनको रूपमा मनाउने
काठमाडौ । नेपाली काँग्रेस (वी.पी.) ले गणतन्त्र दिवसलाई कालो दिनको रूपमा मनाउने भएको छ ।
वर्तमान राजनीति र पार्टीको भावी कार्यक्रम तय गर्न आज १ बजेबाट सुरु भर्चुअल बैठकमा गणतन्त्र दिवसलाई जनस्वास्थ्य मापदण्डलाई पालना गर्दै कोरोना महामारीलाई ध्यानमा राखी सामाजिक संजाल तथा विभिन्न किसिमबाट ूसंघिय लोकतान्त्रिक गणतन्त्र खारेज गर, प्रजातान्त्रिक, राष्ट्रवादी संविधान जारी गरू भन्ने नारा सहित कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।
आजको बैठकमा केन्द्रिय सदस्यहरुले गणतन्त्र दिवस, नागरिकता अध्यादेश, संसद विघटन, निर्वाचन तथा पछिल्लो राजनैतिक घटनाक्रम, पार्टीको संगठन तथा विस्तार, कोरोना महामारी र सरकारबाट प्रयाप्त मात्रमा नभएका प्रयास एवं राहत, लगाएतका विषयमा आ-आफ्ना धारणा राख्ने क्रम जारी रहेकोले जेठ १६ गते १ बजे पुनस् बैठक बस्ने गरि आजको बैठक स्थगित भएको कार्यालय सचिव सुशिलराज वाग्लेले जानकारी दिए ।