८ मंसिर २०८१, शनिबार

ईश्वर पोखरेलले बाँकेका सिडिओलाई फोन गरेर भने , ‘स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारवाही गर्नु’



काठमाडौं । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले कारवाही गर्न निर्देशन दिएका छन् । उनले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका हुन् ।

कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए हुन् । उनले घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने तीन जना पक्राउ परिसकेको जनाएकोे छ ।



प्रतिक्रिया दिनुहोस !