९ मंसिर २०८१, आईतवार

सेयर बजारको इतिहासमा आज नयाँ रेकर्ड, कतिको भयो कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । साताको अन्तिम कारोबार आज भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीइ संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको यो निर्देशन पछि सेयर बजारलाई नकारात्मक असर पर्ने अनुमान थियो । अनुमान अनुसार नै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बिहीबार घट्यो । तर धेरै चर्चा भएजस्तो बजार घटेन । दिनभर उचारचढाव अन्तमा झिनो अंकले घटेर बन्द भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !