नेपाली कांग्रेसले ओली सत्तालाई लगायो यस्तो आरोप
काठमाडौं । सरकारले जनतामा कोरोना भाइरसको आतंक फैलाएर सत्तामा टिकाउन खोजेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ओली आफ्नो सत्ता लम्ब्याउन जनता आतंकित हुने सूचना सार्वजनिक गराउन उद्यत भएको ठहर गरेको हो ।
कोरोना नियन्त्रण गर्ने भन्दा पनि त्यसकै आडमा सत्ता लम्ब्याउने ओलीको चाहान पूरा हुन नदिने कांग्रेस सहमहामन्त्री डाप्रकाश शरण महतले बताएका छन् ।
‘सरकारले कोभिड संक्रमणलाई रोकथाम गर्ने भन्दा पनि त्यसको आडमा राजनीति गर्न खोजेको छ, जनतालाई दुई दिन भित्र किनमेल गर भन्नु त्यसैको एउटा दृष्टान्त हो,’ महतले भने ।