सकियो एमाले स्थायी कमिटी बैठक, ११ जना साधारण सदस्य समेत नरहने गरी कारबाही
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाईसहितलाई कारबाही गरेको छ । पार्टीको अनुशासन विपरीत गतिविधि गरेको भन्दै नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको हो ।
आज बसेको स्थायी कमिटिको बैठकले वरिष्ठ नेता नेपाल, खनालसँगै नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनले भने, ‘स्पष्टिकरण सोधिएका ११ जना नेतनलाई साधारण सदस्यसमेत नहरनेग री कारबाहीको निर्णय भएको छ । बाँकी अरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।’