१० मंसिर २०८१, सोमबार

रिटमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी



 

काठमाडौं । सर्वोच्च अदालतमा रिट दायरका लागि माधवकुमार नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ ।

विपक्षी गठबन्धन प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरको तयारी छ ।

सर्वोच्च जानुअघि नेकपा एमालेको नेता माधवकुमार नेपाललगायतका नेता सिंहदरबारमा भेला भएका छन् । देउवालाई प्रधानमन्त्री बनाउने र संसद पुनःस्थापनाको माग गर्दै अदालत जान लागेका हुन् ।

सांसद निरा जैरुका अनुसार आफूहरुको समूहका ३० सांसदले रिट दायर गर्नका लागि हस्ताक्षर गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि घोषणा गरेपछि विपक्षी गठबन्धन आन्दोलनमा छन् ।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै सर्वोच्चमा उपस्थित हुने तयारी गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !