२१ बैशाख २०८१, शुक्रबार

आजको मौसमः पहाडी भू–भागमा वर्षाको सम्भावना



 

काठमाडौं । आज देशका पहाडी तथा तराई भू–भागमा आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस !