शक्ति केन्द्र रिझाउने प्रतिस्पर्धाले हाम्रो स्वाभिमान कसरी सुरक्षित हुन्छ ?ः महामन्त्री पराजुली
काठमाडौ । नेपाली काँग्रेस (वी.पी.) का महामन्त्री पुष्पराज पराजुली पछिल्लो राजनीतिक घटना क्रमलाई सत्ताशिन र विपक्षी गठबन्धनलाई बिदेशी शक्तिलाई विश्वास गरि शक्ति शक्ति केन्द्र रिझाउने प्रतिस्पर्धा भनि टिप्पणी गरेका छन ।
पराजुलीले सामाजिक संजाल फेसबुकमा आइतबार साझ लेख लेख्दैः ओलीले एउटै संसदबाट कहिले दुई तिहाई,कहिले बहुमत र कहिलेअल्पमतको सरकारको नेतृत्व गरे र हाल आएर संसद बिघटन गरि ताजा जनादेशको लागी मध्यावधि निर्वाचनको घोषणा गराएका छन । ओली बाट यो अवस्थामा आउनु कसको कारण होला ? ओली र माधव प्रचण्ड दुबैले बिदेशी शक्तिलाई विश्वास गरेका छन जुन शक्तिले ओलीलाई नझुक्न र माधव प्रचण्डलाई नछोडन आदेश गरिरहेको छ । विदेशी शक्ति आफ्नै पक्षमा छ भन्ठानी दौडिरहेका छन। ओली बिरोधी क्याम्पमा देउवा भट्टराई र यादव सामेल भएका छन भने ओली संग ठाकुर र महत्तो थपिदै शक्ति केन्द्रलाई आफूहरूले बढि सहयोग गर्ने प्रतिबद्धता पेश गर्दैछन । यसरी शक्ति केन्द्र रिझाउने प्रतिस्पर्धाले हाम्रो स्वाभिमान कसरी सुरक्षित हुन्छ ? भन्दै प्रश्न गरेका छन ।
पराजुलीले विगतमा पनि विदेशी शक्तिहरूले कहिले राजालाई राजनैतिक दलहरू विरूध्द ,त कहिले राजनैतिक दलहरूलाई राजा विरूध्द प्रयोग गरे ,भए पनि जसले नेपाल र नेपालीहरूलाई लाभ भएन । अब राजा र राजनैतिक दलहरूले बुझनु पर्दछ बलियो राष्ट्रियता र सुदृढ प्रजातन्त्रका लागी राष्ट्रिय शक्तिहरूका बिच विगतका गल्ति कमजोरीहरू नदोह-याउने प्रतिवध्दताका साथआपसी एकता अभियान संचालन गर्न बिलम्ब गर्नु हुदैन । साथै घोषित मध्यावधि निर्वाचन निष्पक्ष स्वतन्त्र रूपमा सम्पन्न गर्न सर्वपक्षिय राष्ट्रिय सरकार निर्माण गर्नु अनिवार्य रहेको र यी कार्य समयमै सम्पन्न गर्न जनदबाब सृजना गर्नु आवश्यक भएको बताएका छन ।
पराजुलीले: कोरोना कहरका बेला स्वास्थ्य संकट समाधानमा सम्पूर्ण ध्यान दिनुपर्ने बेलामा सरकारको प्राथमिकता अन्यत्र मोडिएकोले बिभिन्न आशंका जन्मिएको छ । केपी ओली का राष्ट्रवादी पूर्ववत अडान क्रमिक रूपले स्खलित हुंदै गएकोले मुलुकको स्वतन्त्र अस्तित्व माथी कुने धब्बा लाग्ने त होइन ? शंका गर्नुपर्ने भएको छ तसर्थ आमनेपाली जनता सजग र सतर्क रहंदै खबरदारीका लागी तयार रहौ । भनि आग्रह गर्नु भएको छ ।