३ पुष २०८१, बुधबार

चुनाव अगाडि नै सबैलाई कोरोना खोप लगाउने प्रधानमन्त्रीको दाबी



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने लागि परेको बताएका छन् ।

आइतबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’

जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको समेत प्रधानमन्त्री ओलीले बताए । ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । उनले चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा सरकार लागेको बताए ।

 



प्रतिक्रिया दिनुहोस !