सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च कारोबार कति ?
काठमाडौं । कारोबारको पहिलो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टामा दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको २ घण्टा बित्दा परिसुचक २०.११ अंकले बढेर २८०७३० को बिन्दुमा पुगेको छ । यो समाचार तयार पर्दा सम्म नेप्से ३२.८१ अंकले बढेर दुई हजार आठ सय २० विन्दुमा पुगेको छ ।
त्यस्तै आज ११ अर्ब ६९ करोड ५० लाख बराबरको कारोबार भएको छ भने आज १७ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ ।
आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कर्णाली विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, युनाईटेड इदी मर्दी हाइड्रोपावर महालक्ष्मि विकास बैंक, सांग्रिला विकास बैंक, बेष्ट फाइनान्स कम्पनी, गुडविल फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर, नारायणी डेभलपमेण्ड बैंक, बरुण हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी रहेका छन् ।
आज कारोबार भएका समूहमध्ये दुई वटा समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ ।
त्यसैगरि, आइतबार रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरकूल्यमा ४२ अंकले गिरावट आएको हो । जम्मा ५४ वटा कम्पनीको शेयरमूल्यमा आज गिरावट आउँदा १२५ वटा कम्पनीको बजारमूल्य भने बढेको छ ।