ठाकुर–महतोसहित ४ जनालाई जसपा उपेन्द्र-बाबुराम पक्षले सोध्यो स्पष्टीकरण
काठमाडौं । जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले ठाकुर–महतोसहित ४ जनालाई स्पष्टीकरण सोधिएको छ । पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष उपेन्द्र यादवसहित शनिबार सोह्रखुट्टेको नेपाः ब्यांक्वेटमा बसेको बैठकले चार जना नेताहरूले पार्टीको विधानविरुद्ध गतिविधि गरेको निष्कर्ष निकालेको थियो । ठाकुर–महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेको थियो । त्यस्तै ओलीको कदमलाई साथ दिँदै गठबन्धन गर्ने तयारीसमेत गरिरहेको छ ।
जसपा नेता रामसहायप्रसाद यादवका अनुसार शनिबारको बैठकमा भौतिक रूपमा २८ र भाइबरसमेतबाट जोडिएका गरी कुल ३२ जनाको बैठक बसेको थियो ।