१९ बैशाख २०८१, बुधबार

आजको मौसमः यी स्थानमा वर्षा हुने सम्भावना



 

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका पहाडी भू–भागमा क्षणिक वर्षा हुने जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भाग सामान्यताय सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !