२९ मंसिर २०८१, शनिबार

प्रतिनिधिसभा विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत भएको सभामुख सापकोटा टिप्पणी



 

काठमाडौं । सभामुख अग्नि सापकोटाले वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था रहेकै बेला संसद विघटन गर्नु असंवैधानिक रहेको टिप्पणी गरेका छन् ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि दिनभर कानूनविद्हरुसँग परामर्श गरेका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै संसद विघटन असंवैधानिक भएको टिप्पणी गरेका हुन् । प्रतिनिधिसभा विघटन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले विघटन यसअघिको सर्वोच्चको फैसलाको समेत विपरित रहेको बताएका छन् ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !