२३ बैशाख २०८१, आईतवार

नेपालको कोरोना अपडेटः ८ हजार ६०७ संक्रमित, १७७ जनाको मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २२ हजार ३५३ जनाको पीसीआर परीक्षणमा ८ हजार ४०७ र ८७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०० जना गरी कुल ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै २ हजार ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७५२ जना, भक्तपुरमा २९५ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ८९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

नेपालमा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !