सकियो बुढानीलकण्ठको छलफल, के भयो निर्णय ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक सकिएको छ । आज बसेबम बैठकमा निष्कर्षविहीन भएको छ ।
बैठकमा कुनै निष्कर्ष ननिस्किएकोले दिउँसो तीन बजे फेरि बैठक बस्न लागेका छन् ।
देउवा निवासमा बसेको बैठकमा सरकारको विकल्पबारे छलफल भएको एक नेताले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको लागि आह्वान गर्नु असंवैधानिक भएको र नयाँ सरकारको विकल्प खोज्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।