३१ बैशाख २०८१, सोमबार

धादिङमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु



 

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गङ्गाजमुना गाउँपालिका वडा नम्बर ७ का ४२ बर्षिय मनु घले रहेको जनाएको छ । घलेको त्रिशुली अस्पताल नुवाकोटमा उपचारकै क्रममा बिहिवार मृत्यु भएको त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ ।

स्वासप्रस्वासमा समस्या देखेपछी धादिङ अस्पतालमामा उपचार भैरहेको घलेको जेष्ठ ४ गते त्रिशुली अस्पताल नुवाकोटमा रिफर गरिएको थियो । यो सँगै धादिङका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !