४ जेष्ठ २०८१, शुक्रबार

साताको अन्तिम दिन आज ६.६७ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । ८ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

आज सेयर बजारले उकालो यात्रा तय गरेको छ । बिहिबार सेयर कारोबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ बिन्दुमा पुगेको छ । यसअघि आइतबार सोमबार र मंगलबार लगातार नयाँ रेकर्ड राखेको बजार बुधबार भने दोहोरो अंकले घटेको थियो ।

यस्तै, सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ४९८.९७ को बिन्दुमा पुगेको छ । आज कूल २१४ वटा कम्पनीको एक करोड ९७ लाख ५१ हजार ८८३ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड १९ लाख ३१ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको छ । बजारले बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको कारोबार गरी सर्वाधिक कारोबार गरेको थियो ।

आज कारोबार भएका कूल उपसमूहमध्ये ५ वटा मात्र उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकि ८ वटा उपसमूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स समुहको सेयरमूल्य सबैभन्दा धेरै बढेको । फाइनान्स समुहको सेयरमूल्य ६.१२ प्रतिशतले बढेको हो । त्यसैगारे डेभलपमेन्ट बैंक समुहको सेयरमूल्य ३.७ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको सेयरमूल्य ०.९५ प्रतिशतले बढेको छ ।

अन्य समूहको सेयरमूल्य ०.०८ प्रतिशतले बढ्दा म्युचुअल फण्ड समुहको सेयर ०.०३ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सेयरमूल्यमा भने गिरावट आएको हो । त्यस्तै कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनीले अग्रता कायम गरेको छ । कम्पनीले ३४ करोड ३७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।

त्यस्तै, आज ८ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । जसमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहिबार गुडवील फाइनान्स कम्पनी लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । अन्य ६ कम्पनीको सेयर पनि सर्किट लेभलमा कारोबार भएको छ ।

यता, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरमूल्य २६ रुपैयाँले घटेर ३ सय ४० रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्यमा भने ७.१० प्रतिशतले गिरावट आएको छ ।

 



प्रतिक्रिया दिनुहोस !