६ पुष २०८१, शनिबार

कांग्रेसले प्रधानमन्त्रीलाई कारबाही गर्न माग गर्दै दियो उजुरी



 

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गरेको छ ।

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको हो ।

राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा पनि प्रचार गरेको भन्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो।

कांग्रेस संसदीय दलको बुधबारको बैठकको निर्णय अनुसार बिहीबार आयोगमा उजुरी दर्ता गराएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !