६ पुष २०८१, शनिबार

आकस्मिक प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक



काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा २ बजेका लागि बैठक बोलाइएका छन्। बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

एमाले विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले तीन दिन भित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटक मात्रै बसेको छ। तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेको हो।

बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो। कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ। राष्ट्रिय सभाको उपनिर्वाचनलाई मध्यनजर गरेर आजको बैठक बोलाइएको हो।

 



प्रतिक्रिया दिनुहोस !