७ जेष्ठ २०८१, सोमबार

२३.६९ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम कति ?



चितवन । आज कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २३.६९ अंकले ओरालो लागेर २७७०.२० विन्दुमा पुगेको छ ।

त्यस्तै तीन घण्टाको अवधीमा कारोबारमा आएका २१३ ओटा कम्पनीको रू.९ अर्ब २४ करोड ४९ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक ओरालो लागेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.४३ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६५५ मा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !