४ जेष्ठ २०८१, शुक्रबार

आज पनि किन बस्दै छ एमाले कार्यदलको बैठक ?



 

काठमाडौं । नेकपा एमाले भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आजपनि बस्ने भएको छ ।

यसअघि मंगलबार सिंहदरबारमा पहिलो बैठक बसेको थियो । पहिलो बैठकले ठोस निर्णय नगरेपनि देखिएका विवाद समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । बैठकले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ७ बजे बस्ने भएको जनाएको छ । बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिताबारे छलफल गर्ने कार्यदलमा सहभागी नेता भीम रावलले बताए ।

 



प्रतिक्रिया दिनुहोस !