आज विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतमा विकसित ताउते चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि मौसम बदली तथा विभिन्न स्थानमा वर्षा सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक तथा देशका बाँकी स्थानमा सामान्यदेखि पूर्णसम्म बदली छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ। महाशााखाले आज बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।
दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।