दुईतिहाइ मत पाएको पार्टी तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने सोचेको थिएन: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई मत पाएको पार्टी तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने नसोचेको बताएका छन् ।
ठूलो सोच राखेर पार्टी एकता गरेको तीन वर्षभित्रै पार्टी अध्यक्षविरुद्ध आवाज उठाउँदै सडकमा आउनुपर्छ भन्ने आफूलाई नलागेको बताए ।
उनले लोकतान्त्रिक प्रणालीविरुद्ध गरिएको प्रहारकाविरुद्ध सडकमा आउन बाध्य भएको बताए ।
आफूहरुले ७० वर्षदेखि विभिन्न चरणका आन्दोलन गरेको भन्दै प्रचण्डले संविधानसभाबाट संविधान बनाएर अघि बढ्ने सोचका साथ हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको स्मरण गरे ।
हजारौँ नेपालीले ज्यान गुमाएर ल्याएको गणतन्त्र संस्थागत हुन नसकेपछि सडकमा आउने परेको बताए ।