१६ चैत्र २०८०, शुक्रबार

सन्दीप लामिछानेले गरे कोरोना राहत कोषमा तीन लाख सहयोग



 

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टारसन्दीप लामिछानेले कोरोना भाईरसविरुद्धको ३ लाख सहयोग गरेका छन् ।

सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियान घोषणा गर्दै उक्त सहयोग गरेका हुन् ।

सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । सन्दीपले अभियानको आरम्भ गर्दै उक्त खातामा ३ लाख जम्मा गरेको समेत जनाएका छन् ।

सन्दीपको अभियानमा जोडिन नेपाल सेन्चुरी कमर्सियल बैंकमा आर्थिक सहयोग जम्मा गर्न सकिने उनले जनाएका छन् । त्यसका लागि सन्दीप लामिछानेको खाता नम्बर ‘०१७००००३५३ सी ए’ मा जम्मा गर्न सकिने उनले सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !