१३ बैशाख २०८१, बिहीबार

नेपालमा पनि चक्रवातको प्रभाव सतर्कता अपनाउन आग्रह



काठमाडौं । अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले जानकारी दिएका छन् ।

महाशाखाका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको प्रभावले मेघ गर्जनसहित पानी पर्ने, हुरी चल्ने हुने उनले बताए ।

बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ । यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !