ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण र लोकतन्त्रवादीमा हुनुपर्ने आचरण नभएको : माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण र लोकतन्त्रवादीमा हुनुपर्ने आचरण नभएको बताएका छन् ।
भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्ने क्रममा नेता नेपालले ओलीविरुद्ध संघर्षमा आउँदा आफूले पञ्चायतविरुद्धको संघर्ष सम्झिएको बताए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्षी दलहरु पनि सडकमा उत्रिसकेको भन्दै उनले अब पूरै देश केपी ओलीको कदमविरुद्ध एकवद्ध हुने विश्वास व्यक्त गरे।
ओलीको कदम संविधानविरोधी र प्रतिगामी हो भनेर बुझिसकेका छन्। यसले अस्थिरता निम्तिने निश्चित छ। यसरी समृद्धि आउँदैन। हामी त्यत्तिकै संविधानको पक्षमा उभिएका होइनौं,’ उनले भने।
ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण र लोकतन्त्रवादीमा हुनुपर्ने आचरण नभएको नेपालले बताए। पार्टी अनुशासनविपरीत काम गरेकाले ओलीलाई अध्यक्षबाट हटाएको बताउँदै उनले अझै पनि सुध्रिएर आए केन्द्रीय कमिटीमा ठाउँ रहेको बताए।