१६ चैत्र २०८०, शुक्रबार

चीनले थप ९ करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री सहयोग



 

काठमाडौं । कोरोना महामारी सामना गर्न चीनले आकस्मिक सहयोगस्वरूप नेपाललाई थप ९ करोड रुपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।

कोरोना संक्रमितको उपचारका क्रममा अक्सिजनको हाहाकार भएपछि नेपालले तत्काल अक्सिजन प्लान्ट उपलब्ध गराउन गरेको आग्रहबमोजिम चीनले ५ मिलियन आरएमबी (करिब ९ करोड ८ लाख रुपैयाँ) आकस्मिक सहयोग दिने घोषणा गरेको हो।

यसअघि चीनले नेपाललाई ३ हजार ५ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर दिने घोषणा गरिसकेको छ भने यसअन्तर्गत पहिलो चरणमा ४ सय थान सिलिन्डर र १० थान भेन्टिलेटर ल्याइसकिएको छ।

यस्तै यसअघि चीनले आफ्नो देशमा उत्पािदत ८ लाख डोज कोरोना खोप पनि सहयोग गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !