११ बैशाख २०८१, मंगलवार

पछिल्लो २४ घण्टामा वीरगञ्जमा १३कोरोना संक्रमितको मृत्यु



 

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । शनिबार बिहानदेखि आइतबार बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् ।

मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालले जनाएको छ । यसबाहेक वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ । मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र एक जना भारतीय नागरिक पनि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !