कोभिड उपचारका लागि शय्या थपेपछि भरतपुर अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव
चितवन । भरतपुर अस्पतालले कोभिड उपचारका लागि शय्या थप गरेपछि स्वास्थ्य सामग्रीको अभाव हुने भएको छ । अक्सिजन, मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्रीको अभाव हुने भएको हो ।
अस्पतालले हालै शय्या र जनशक्ति थप गरेको छ । थप शय्याका लागि आवश्यक पर्ने सामग्री कमी हुने भएको हो । अस्पतालले एक सूचना प्रकाशित गर्दै कोभिड सङ्क्रमितका लागि छुट्याइएको शय्या सङ्ख्याभन्दा बढी सङ्ख्यामा बिरामीको उपचार गर्नु परेकाले सामग्रीको कमी हुँदै गइरहेको जनाएको छ ।