८ मंसिर २०८१, शनिबार

कोरोना संक्रमणका कारण प्रत्येक २ घण्टामा चितवनका अस्पतालमा करिव १ जनाको मृत्यु



 

काठमाडौं । चितवनका अस्पतालहरुमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचाररत बिरामीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

बुधावार साँझसम्म चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा चार-चार जना र पुरानो मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा चितवन भित्रका ६ जना रहेका छन् । त्यस्तै गुल्मीका २, नवलपरासी, कपिलबस्तु र बाराका एक-एक जना रहेका छन् । अहिले चितवनका विभिन्न अस्पतालमा ४ सय ५६ जनाको उपचार भइरहेको छ । त्यसमध्ये २ सय ४८ जनाको आइसियूमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा ४२ जना डिस्चार्ज भएका छन् ।



प्रतिक्रिया दिनुहोस !