४ मंसिर २०८१, मंगलवार

एमालेका वरिष्ठ नेता झलनाथ खनाल घर र्फकिए



 

चितवन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज कोभिड–१९ सङ्क्रमणमुक्त भई घर र्फकिएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए ।

वैशाख २६ गते हिजो कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको हो । पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार डिस्चार्ज भएका हुन् । सङ्क्रमण भएपछि उनलाई शुरुमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न रहेका थियो ।



प्रतिक्रिया दिनुहोस !