११ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमण बढेपछि जापानमा पुनःबढाइयो आपतकाल



काठमाडौं । कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइएको छ ।

जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर पुर्‍याएको हो ।

टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा विभिन्न शहरमा आपतकालको समयावधि बढाइएको हो ।

प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन्‌ ।

 



प्रतिक्रिया दिनुहोस !