४ मंसिर २०८१, मंगलवार

नेपालगञ्जमा कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु



 

चितवन । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेको जनाएको छ ।

उनीहरुको एक-एक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एक जनाको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको परिवार स्रोतले जनाएको छ । परिवारमा सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् ।

उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आउनु भएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको छ ।



प्रतिक्रिया दिनुहोस !