११ बैशाख २०८१, मंगलवार

थप कडाइका साथ उपत्यकाको निषेधाज्ञा एक साताको लागि लम्बियो



 

काठमाडौं । थप कडाइका साथ काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ गतेसम्मका लागि थप भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !