१३ बैशाख २०८१, बिहीबार

देउवा र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?



काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच करिब २० मिनेटटेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि प्रचण्ड र देउवाबीच टेलिफोन वर्ता भएको हो ।

सोमबार साँझको संवादमा प्रचण्डले प्रधानमन्त्रीले विश्वासको मत लिनेभएपछि कांग्रेसको रणनीतिक कस्तो हुन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए । सभापति देउवाले पदाधिकारी बैठकपछि निर्णय आउने बताएको स्रोतले जनाएको छ ।

टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !