११ बैशाख २०८१, मंगलवार

श्रमिकलाई साउन १ गतेदेखि यूनतम तलब १५ हजार



 

काठमाडौ । आउँदो साउन १ गतेदेखि श्रमिकले १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् ।

सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका छन् ।

नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार ६ सय १५ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ । एक दिनको तलब ५ सय ७७ र एक घण्टाको तलब ७७ रुपैयाँ हुन आउँछ । दैनिक तलबमा ३ सय ६१ रुपैयाँ आधारभूत पारिश्रमिक र २ सय १६ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ ।एक घण्टाको तलबमा ४८ रुपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता हुन आउँछ । यसअघि गएको शनिवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको मासिक पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्याउने बताएका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस !