१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले दिए कडा चेतावनि, शय्या लुकाउने अस्पताललाई कारबाही हुन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी तथा निजी अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारका लागि आफूसँग उपलब्ध शय्या लुकाएमा कारबाही हुने चेतावनि दिएका छन्।

देशबासीको नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपलब्ध शय्या लुकाउने अस्पताललाई कारबाही हुने बताएका हुन् ।

‘कुनै अस्पतालले पूरा विवरण नपठाइ शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ ।’ उनले भने ।

यसका साथै, अब सबै सरकारी तथा निजी अस्पतालले आफू कहाँ उपलब्ध शय्यामध्ये प्रयोग भएका र नभएका शय्याको दैनिक विवरण अध्यावधिक गर्नु पर्ने छ ।

उक्त विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनु पर्ने समेत बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !