७ बैशाख २०८१, शुक्रबार

आजपनि किन बोलाए प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक ?



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्   ।

बालुवाटार स्रोतका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमण र समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णयका लागि बैठक बस्न लागेको जनाइएको हो । यसअघि हिजो आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । हिजोको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने, जनगणना स्थगित गर्ने, संसदको विशेष अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफार्रिलगायत निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !