चितवनमा एकै दिन चारजना कोरोना संक्रमणका कारण मृत्यु
चितवन । चितवनमा सोमबार एकै दिन चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज(सीएमएस)मा एकजनाको मृत्यु भएको हो ।
चितवनमा १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा ९ जना र सीएमएसमा ४ जना भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।