८ मंसिर २०८१, शनिबार

गर्भवती महिला र शिशु कसरी बच्ने कोरोनाबाट ? यस्तो बच्ने उपाय



 

काठमाडौं । नेपालसहित विश्वका अधिकांश देशहरु यतिबेला कोरोनाका भाइरसबाट प्रभावित बनेको छ । कोरोना भाइरसको संक्रमणको क्रममा गर्भवती महिलाहरु पनि आफू र आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि चिन्तित छन् । गर्भवती महिलाहरुलाई कोरोना भाइरस संक्रमणको खतराबाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ ।

नियमित रुपले हात धुनुपर्छ । हातलाई २० सेकेण्डसम्म राम्ररी धुनुपर्छ ।

  • खासगरी अनुहारमा हात लगाउनुभन्दा अघि हात अवश्य धुने ।
  • जुनसुकै खानेकुरा खानुअघि हात धुने ।
  • गर्भावस्थामा घरमा नै बस्नु अति नै अनिवार्य हुन्छ ।
  • खासगरी भीडभाड भएको स्थानमा जानबाट जोगिने ।
  • वरिपरि कसैले पनि हाछ्युा अथवा खोक्यो भने टिश्युको प्रयोग गर्ने ।
  • कोरोनाबाट संक्रमित व्यक्तिको सम्पर्कमा आउनु हुँदैन ।
  • बस अथवा अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्नुहुँदैन ।
  • पोषणयुक्त डाइट लिनुपर्छ र आफ्नो इम्युन सिस्टमलाई राम्रो बनाइरहनुपर्छ ।

यसबाहेक कुनैपनि प्रकारको रुघा, खोकी तथा ज्वरो आएको जस्तो अनुभव भयो भने तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस !