७ बैशाख २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार संक्रमित थपिए, ३४ सय बढीको मृत्यु



काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या २ लाख हाराहारीमा पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या २ लाख १८ हजार ९ सय ४५ पुगेको छ। लगातार कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएकाले अक्सिजनले नै बचाउने सकिने कोरोना संक्रमितहरुले पनि ज्यान गुमाइरहेको समाचारहरु बाहिरीएको छ।

सबैभन्दा धेरै अक्सिजनको अभाव भएको दिल्लीमा हिजो दिनभरमा ४ सयभन्दा बढी संक्रमितको ज्यान गएको छ। दिल्लीको एक अस्पतालमा शनिबार अक्सिजन अभावमा एक डाक्टरसहित १२ जनाको मृत्यु भएको थियो। दैनिक रुपमा ठूलो मात्रामा अक्सिजन सप्लाई हुने र आफैले अक्सिजन गर्ने दिल्लीका अस्पतालहरुमा पनि अक्सिजनको चरम अभाव दिल्ली सरकारले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !