५ मंसिर २०८१, बुधबार

विवाहमा सहभागी भएको १७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । काभ्रे जिल्लाको खोपासीमा भएको विवाहमा सहभागी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

पनौती नगरपालिका–१० का ११ जना महिला र ४ जना पुरुष तथा वडा नम्बर ८ का १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना पुष्टि भएका सबै वैशाख ११ गतेको विवाहमा सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !