भोलि राती १२ बजेदेखि चितवनमा निषेधाज्ञा
चितवन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।
आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बैशाख १६ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु गरेको जनाएको छ ।
चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको हो । १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।