प्रचण्डपत्नी अस्पताल भर्ना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ ।
विभिन्न रोगबाट पीडित दाहाललाई आज बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले फेसबुकमा लेखेर जानकारी दिइन्।
शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको गंगाले फेसबुकमा सार्वजनिक गरेकी छन्। उनलाई अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन नभएको जनाएको छ।
‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी’ उनले फेसबुकमा लेखेकी छन् ।
https://www.facebook.com/seema.dahal/posts/10214295492221304